काठमाडौ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टी र राष्ट्रिय राजनीतिबाट ‘रिटायर’ हुन लागेको बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिमध्ये उत्कृष्ट स्थानीय तह प्रमुखहरूलाई सम्मान गर्ने कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
‘मेरो उमेर पनि गयो । हरेक कारणले पनि रिटायरमेन्टको बेला भइसकेको छ,’ देउवाले भने, ‘भोलि हुने नेताहरूले नै चिन्ता बढी गर्नुपर्छ । मलाईभन्दा बढ्ता चिन्ता हुनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्