धनगढी । धनगढी उपमहानगरपालिकाले जथाभावि फोहोर गर्नेलाई कारबाही गर्न सुरु गरेको छ । उपमहानगरपालिकाले सरसफाइ सहजकर्ता नै खटाएर फोहोर गर्नेलाई कारबाही गर्न सुरु गरेको हो ।
जसअन्तर्गत आज मात्रै नगरका सरसफाइ सहजकर्ताले जथाभावी फोहोर गर्ने ८ जनालाई कारबाही गरिएको उपमहानगरपलिकाले जनाएको छ ।
उपमहानगरपालिकाका अनुसार आज बसपार्क क्षेत्र लगायतका विभिन्न ठाउँमा गुट्खाका खोल, चलकेटका खोल तथा प्लास्टिकका बोत्तल लगायतका फोहोर जथाभावी फाल्ने ८ जनालाई कारबाही गरिएको हो । कारबाहीस्वरुप उनिहरुलाई जरिवाना तिराइएको छ ।
जसमध्ये बोरा तथा प्लास्टिकमा पोको पारेर फोहोर फाल्नेलाई पहिलो पटकका लागि १ हजार रुपैयाँ र गुट्खा तथा चकलेटका खोल फाल्नेलाई पहिलोपटकका लागि ५ सय रुपैयाँ जरिवाना तिराइएको ।
जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्ने काम चुस्त पारिएको भन्दै नगरपालिकाले जथाभावी फोहोर नफाल्न पनि नगरबासीलाई आग्रह गरेको छ ।
उपमहानगरपालिकाले यसअघि नै धनगढीलाई फोहोर फाल्न निषेधित घोषणा गरिसकेको छ । सचेतनाका लागि उपमहानगरपालिकाले बसपार्क, चौराह, ६ लेन सडक अन्तर्गतको धनगढी प्रवेश गेट लगायतका क्षेत्रमा माइकिङसमेत गर्दै आएको छ । त्यसका बावजुत पनि जथाभावी फोहोर फालेको पाइए नियमानुसार कारबाही गर्ने उपमहानगरपालिकाले चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्