प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । 

उनले आज साँझ ५ बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाएका हुन् । आज नयाँ प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक डाकिएको जनाइएको छ ।  

Dengue

न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषदमा पठाएको थियो। उक्त सूचीमाथि छलफल गर्न आज बैठक बोलाइएको हो । तर, आजको बैठकमा विपक्षी दलका नेतासमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपभामुख इन्दिरा राना उपस्थित हुने/नहुने टुंगो छै । 

प्रचण्ड पार्टी बैठक र प्रशिक्षणको लागि यतिबेला मधेसमा छन् । उपसभामुख रानालाई सत्तारुढ कांग्रेस र एमालेले उपसभामुखबाट हटाउने तयारी गरिरहेका छन् । 

न्यायपरिषद्ले सिफारिस गरेका ८ जना मध्येबाट एक जनालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्ने हुन्छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।   

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार