धेरैलाई रविलाई डाम्न पाए हुन्थ्यो भन्ने छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेले सहकारी अपचलन सम्बन्धमा छानविन गर्न गठित संसदीय विशेष समिति सहकारीपीडितलाई न्याय दिन सक्षम हुने विश्वास व्यक्त गरेका छन् ।

धनगढीमा सोमबार बसेको पार्टीको सुदूरपश्चिम प्रदेश दोस्रो विस्तारित बैठकमा उनले संसदीय समितिले मिहेनतका साथ काम गरिरहेकाले पीडितको समस्या समाधान हुने आफूलाई विश्वास रहेको बताए ।

Dengue

सभापति लामिछानेले आफ्नोबारेमा गलत मनसायका साथ टिकाटिप्पणी भइरहेका भन्दै समितिको प्रतिवेदनबाट यो प्रष्ट हुने धारणा राखे । ‘जसको कुनै सहकारी छैन, उसैलाई सहकारी ठग भनिएको छ, पीडितलाई न्याय दिनेभन्दा पनि रविलाई डाम्न पाए हुन्थ्यो भन्ने पनि केहीलाई लागेको छ’, उनले भने, ‘यस विषयमा समितिले विधि र पद्दतिमा रहेर निष्कर्ष निकाल्ने नै छ ।’

पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेले रास्वपाको प्रवेशले राष्ट्रिय राजनीति हल्लिएको दावी गरे । पार्टीका सहप्रवक्ता रमेश प्रसाईले पार्टीमा देखिएको उचारचढाबबाट बिचलित नभएर सङ्गठन निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार