वर्षौंदेखि बिग्रिएको तर बन्न नसकेको धनगढीको यो सडक… (फोटो फिचर)

भक्तराज जोशी

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँ हुँदै वडा नम्बर १० घुइँयाघाट, वडा नम्बर १२ जुगेडा लगायतका गाउँमा जान सकिने सडक भत्किएको वर्षौं बित्दा पनि अझै पुनर्निमाण गरिएको छैन ।

धनगढी शहर एरियाभित्रै पर्ने धनगढी-१० को यो सडक वर्षौंदेखि निर्माण नहुँदा नागरिकहरु त्यही बिग्रिएको बाटोमै कष्ठकर यात्रा गर्न बाध्य छन् ।

Dengue

अझ उक्त सडकलाई घुइँयाघाट लगायतका गाउँलाई शहरसँग जोड्ने मुख्य सडकका रुपमा पनि लिने गरिन्छ । तर त्यही सडकको हालत बिजोग हुँदा स्थानीयहरु मर्कामा परेका छन् ।

सडक पुनर्निमाण नहुँदा गर्मियाममा धुँवा धुलो र वर्खायाममा सडकमा परेका खाल्डाखुल्डीमा पानी जम्दा यात्रा गर्नै सकस हुने स्थानीयहरुले गुनासो गरेका छन् । स्थानीयका अनुसार पटकपटक उक्त सडक निर्माण गर्ने भन्दै आश्वासन दिइए पनि वर्षौंदेखि सडक निर्माण नहुँदा सास्ती खेप्नुपरेको छ ।

हुन पनि उक्त सडकमा यात्रा गरुन्जेल नागरिकले धुँवाधुलो र खाल्डाखुल्डीबाहेक अरु केही देख्दैनन् । अझ सडक निर्माणका नाममा ठाउँठाउँमा छरिएका ग्राबेलले यात्रा झनै कष्टदायी बनाएको स्थानीयले गुनासो गरेका छन् । तर यति हुँदा पनि न नगरपालिका सडक निर्माण गर्नेतर्फ अग्रसर बनेको छ न त वडा कार्यालयले चासो देखाएको छ । परिणाम आज पनि नागरिकहरु त्यही बिग्रिएको बाटोमा यात्रा गर्न बाध्य छन् । थप फोटो फिचरमा हेर्नुहोस्ः

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार