कालु विष्ट हत्या प्रकरणः २२ वर्षीय सरोवर श्रेष्ठ पक्राउ

कैलाली । अन्दाजी ७५ वर्षीय कालुसिंह विष्ट हत्या प्रकरणमा एकजना पक्राउ परेका छन् । दिपायल सिलगढी नगरपालिका–६ का २२ वर्षीय सरोवर श्रेष्ठ पक्राउ परेका हुन् ।

विष्टको हत्या प्रकरणबारे अनुसन्धान गर्दै जाँदा हत्या गरेको आशंकामा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Dengue

प्रहरीका अनुसार हाल पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको छ । उक्त प्रकरणमा प्रहरीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा अनुसन्धान टोली नै गठन गरेर अनुसन्धान गरिरहेको छ ।

गत बिहीबार २० गते डोटीको दिपायल सिलगढी नगरपालिका विष्ट मृत फेला परेका थिए । ३ दिन पहिले हराएको सूचना पाएपछि खोजिकार्य सुरु गरेको प्रहरीले उनलाई घरभित्र मृत अवस्थामा फेला पारेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार