दार्चुलाबाट प्रहरीले गरे ६ लाख बढीको अवैध सामान बरामद

धनगढी : दार्चुलाबाट प्रहरीले ६ लाख बढीको बिडी, सलाई र सुर्ती बरामद गरेको छ ।

शनिबार इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले शैल्यशिखर नगरपालिका – ९ सतभोगेबाट ६ लाख ३३ हजार बराबरको बिडी, सलाई र सुर्ती बरामद गरेको हो ।

Dengue

प्रहरीका अनुुसार सडकमा रोकिएको अवस्थामा रहेको म १ ज २२० नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्दा अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका घोडा बिडी १९ पेटी, सलाई ४८ बण्डल र हाईक्लास सुर्ती ३ बोरा बरामद गरिएको छ । रोकिएको जिपमा चालक नभएर र अवैध सामान र जीप भने नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार