‘देशमा केही गर्छु भन्नेलाई पनि राज्यले विदेशै लखेट्न खोज्यो’

भक्तराज जोशी

कैलाली । धनगढी विमानस्थलमा बढाइएको पार्किङ शुल्कका कारण मर्कामा परेको व्यवसायीहरुले गुनासो गरेका छन् ।

पार्किङको ठेक्का पाएको कुलेमष्ट कन्ट्रक्सनले भदौ १ गतेदेखि लागु हुनेगरी पार्किङ शुल्क ह्वात्तै बढाएपछि विमानस्थललाई लक्षित गरेर सवारी ओसारपसार गर्ने यातायात व्यवसायीहरुले मर्कामा परेको गुनासो गरेका छन् ।

SHIKHAR COOL TECH

विगतमा न्यूनतम १० देखि २० रुपैयाँसम्म पार्किङ शुल्क तिर्ने गरेको भए पनि अहिले एक्कासी उक्त शुल्क ह्वात्तै बढेपछि हदैसम्मको मर्कामा परेको एक अटो व्यवसायीले बताएका छन् ।

‘विगतमा हामीले यहीँ पार्किङबापत १० रुपैयाँ तिर्ने गरेका थियौँ तर अहिले चार गुणाले पार्किङ शुल्क बढाइएको छ’, उनले भने, ‘दुई अढाईसय रुपैयाँमा सवारी ल्याउँछौँ, एक पटकमा ४० रुपैयाँ शुल्क तिर्नुपर्छ, त्यसैबाट पेट्रोल हाल्नुपर्यो, अनि कति रुपैयाँ जोगाउने ? कसरी कमाई हुन्छ ?’

त्यस्तै विमानस्थलको पार्किङ शुल्कका विषयमा आन्दोलन गरेर सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि त्यसतर्फ कसैले चासो नदिएको उनको गुनासो छ ।

विदेशबाट फर्किएर समेत स्वदेशमै केही गर्छु भनेर यातायात व्यवसायमा हात हालेकाहरुलाई राज्यको यस्तो नीतिले झन् कष्ट दिएको ती व्यवसायीले गुनासो पोखेका छन् ।

अर्कोतर्फ पार्किङ शुल्क वृद्धि गरिए पनि यात्रु ओराल्नेबित्तिकै निस्किएको अवस्थामा शुल्क नलिने सहमति गरेको भए पनि शुल्क उठाउन बसेकाहरुले विमानस्थल हाताभित्र प्रवेश गर्नेबित्तिकै शुल्क असुली गरेर हैरानी दिएको व्यवसायीको गुनासो छ । ‘हामीलाई कसैगरी पनि गरिखाने वातावरण दिइएन’, उनले भने, ‘यात्रु ओराल्ने बित्तिकै निस्किहाल्दा शुल्क नलिने सहमति भएको थियो तर अहिले भकाभक शुल्क लिइँदैछ । यसले हामी हटो व्यवसायी झन् समस्यामा परेका छौँ ।’

अर्कोतर्फ पार्किङ शुल्क असुले पनि सुविधा भने केही नभएको ती अटो व्यवसायीले बताएका छन् । विमानस्थलमा खानेपानी, शौचालय र गतिलो प्रतिक्षालयकोसमेत सुविधा नभएको भन्दै ती व्यवसायीले यस्तो स्थितिमा देशमा केही गर्छु भन्नेले पनि केही गर्न नसक्ने गुनासो गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार