ट्रीगार्ड उखेल्नेलाई सम्झाउन खोज्दा वडा अध्यक्ष र नगर प्रहरीमाथि उल्टै आक्रमण !

धनगढी । धनगढीमा ट्रीगार्ड उखेल्न रोक्न खोज्दा एक जनाले वडा अध्यक्ष र नगर प्रहरीमाथि नै आक्रमण गरेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ डिलासैनी टोलमा ट्रीगार्ड उखेलेर फालिरहेको अवस्थामा भेटिएका सोही ठाउँका रवि धानुकले वडा अध्यक्ष र नगर प्रहरीलाई आक्रमण गरेका हुन् ।

Dengue

वडा अध्यक्ष राजबहादुर ऐर र नगर प्रहरीले ट्रीगार्ड नभत्काउन आग्रह गर्दा धानुकले वडा अध्यक्ष ऐर र नगर प्रहरी जवान सुरेन्द्रबहादुर चन्दको औंलामा टोकेर घाइते बनाएका हुन् । गाली गलौज र आक्रमणमा उत्रिएका धानुकलाई सम्झाउन खोज्दा अर्का नगर प्रहरी जवान खेमबहादुर पातलीलाई समेत चोटपटक लागेको छ ।

गाली गलौज र ढुङ्गामुढामा उत्रिएका धानुकलाई नेपाल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ। उनलाई राति ९:३० मा प्रहरील नियन्त्रणमा लिएको हो ।

धानुकले विगतमा समेत रिङ रोड र ६ लेन सडकमा बिरुवामा क्षति पुगाउने, ट्रीगार्ड उखेल्ने र फाल्ने गर्दै आएका थिए । शनिवार राति ट्रीगार्ड फाल्न लागेका धानुकलाई वडा अध्यक्ष ऐरले सम्झाइ बुझाइ गर्न खोज्दा उल्टै आक्रमणमा परेका हुन् । ६ लेन सडकमा ड्युटी गरिरहेको नगर प्रहरीलाई अध्यक्ष ऐरले खबर गरेपछि नगर प्रहरी जवान खेमबहादुर पातली र सुरेन्द्रबहादुर चन्द रवि धानुकले ट्रीगार्ड भत्काएको ठाउँमा पुगेका थिए। त्यसपछि झन उग्र भएर आफूहरू माथि धानुकले आक्रमण गरेको घाइते चन्दले बताए ।

धानुकले नगर प्रहरी जवान चन्दको दाहिने हातको माझी औंला र वडा अध्यक्ष ऐरको बायाँ हातको माझी औंला टोकेका हुन । वडा अध्यक्ष ऐरले सम्झाइ बुझाइ गर्न खोज्दा आफू, नगर प्रहरी र नेपाल प्रहरीसमेत माथि धानुक जाई लागेको बताए । धानुकले इटा, ढुङ्गा जे भेट्यो त्यहीँले हिर्काउने र तथानाम गाली गलौज गरेको वडा अध्यक्ष ऐरले बताए ।

धानुकले वडा अध्यक्ष र नगर प्रहरीमाथि नै आक्रमण गरेपछि घटनास्थलमा पुगेको चटकपुर अस्थायी प्रहरी पोष्टको टोलीले धानुकलाई नियन्त्रणमा लिएको हो । घाइते नगर प्रहरीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार