धनगढीमा जथाभावी फोहोर फाल्न निषेध, फाले कारबाही !

जेनिशा भट्ट

धनगढी : धनगढीमा जथाभावी फोहोर फाल्न निषेध गरिएको छ । अव्यवस्थित फोहोरको समस्या समाधान गर्न र धनगढीलाई फोहोरमुक्त नगर बनाउन उपमहानगरपालिका क्षेत्रभित्र जथाभावी फोहोर फाल्न निषेध गरिएको हो । 

हाल धनगढीमा फोहोर फाल्न निषेध गरिएको विषयमा नगरप्रहरीले माइकिङ्ग गरेरै जानकारी गराउंदै आएका छन् । 

Dengue

नगरप्रहरीले मोहना-अत्तरिया ६ लेन सडकअन्तर्गत निर्माण गरिएको स्वागत गेटबाटै माइकिङ्ग गरेर आगन्तुकहरुलाई धनगढी उपमहानगरपालिका क्षेत्रमा जथाभावी फोहोर फाल्न निषेध गरिएकोबारे जानकारी दिंदै आएका छन् । 

साथै जथाभावी फोहोर फालेको पाइए कारबाही गरिनेसमेत नगरप्रहरी र कर्मचारीहरुले चेतावनी दिएका छन् । 

त्यस्तै धनगढी क्षेत्रभित्र विभिन्न सार्वजनिक स्थानमा राखिएका ड्स्ट्बिनमा मात्र फोहोर फाल्न पनि आग्रह गरिएको छ । उपमहानगरपालिकाले विभिन्न ठाउँमा कुहिने र नकुहिने फोहोरका लागि छुट्टाछुट्टै डस्ट्बिन राखिदिएको छ ।  

यसका साथै धनगढीका १९ वटै वडामा फोहोरको उचित व्यवस्थापनका लागि महिला समूह नै बनाएर टोल तथा गाउँघर सफा गर्ने कार्यक्रम पनि चलाउँदै आएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । 

उपमहानगरपालिकाले धनगढीमा  प्लास्टिक बिक्री र प्रयोगमा यसअघि नै प्रतिबन्ध लगाइसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

सम्बन्धित समाचार