काठमाडौं : नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदशस्तरीय परामर्श बैठक बुधवारबाट सुरु भएको छ।
बिहिबारसम्म चल्ने उक्त बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहने माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले जनाएको छ।
केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो । जसअनुसार बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश र गण्डकी प्रदेशको बैठक सम्पन्न भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्