बुधबार बिहान सुक्खा पहिरो खस्दा महाकाली लोकमार्ग सडक अवरुद्ध

दार्चुला : सुक्खा पहिरो खसेर महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलङ्गा सडकको मालिकार्जुन गाउँपालिका–८ मेलखेत धामीगाडामा सडक अवरुद्ध भएको छ। बुधबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको र यातायात साधन सञ्चालनमा अवरोध सिर्जना भएको हो।

लोकमार्गका विभिन्न स्थानमा पहिरो थुप्रिएपछि यातायात सेवा ठप्प भएको छ। पहिरोका कारण जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन सडकमै रोकिएका छन्। दार्चुलाबाट महेन्द्रनगर, काठमाडौँ जाने दिवा तथा रात्रिसेवाका बस बाटोमा नै रोकिएका छन्।

Galaxy

पटकपटक पहिरोका कारण अवरुद्ध हुने लोकमार्गमा छोटो दूरीका सवारीसाधनसमेत सञ्चालन हुन नसक्दा यात्रीले सास्ती भोग्नुपरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार