कैलाली । कैलालीको गोदावरी नदीमा आर्यघाट व्यवस्थित गरिएको छ । गोदावरी नगरपालिका-४, गोदावरीको आर्यघाट व्यवस्थित गरिएको हो ।
विगतमा गोदावरीमा लगिने शवको अन्तिम संस्कार जथाभावी गरिने गरेको भए पनि अहिले भने दाहसंस्कारको लागि व्यवस्थित आर्यघाट तयार गरिएको छ ।
गोदावरीमा उक्त आर्यघाट शिघ्र प्रभाव परियोजना अन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा नेपाली सेनाबाट विनियोजित बजेटबाट श्री देवीदाल गणले निर्माण गरेको हो । आर्यघाटमा अन्त्यस्टि कर्मका लागि शवदाह गृह पुरा सेट-१ (एक), शवदाह गृहमा ट्रस्टको छाना-१ (एक) र एउटा विश्राम स्थल निर्माण गरिएको छ ।
गोदावरीमा व्यवस्थित आर्यघाट तयार भएपछी मृत्यु प्रश्चातको अन्तिम संस्कारमा निकै सहज भएको स्थानीयहरुले बताएका छन ।
हाल गोदावारि नगरपालिकाको रहोबरमा रहेको उक्त आर्यघाटमा शव जलाइसकेपछि बाँकी रहेका दाउरा, कोइलाहरु उठाई खोलामा लगेर शव जलाउने ठाउँ सफा गर्न पनि आग्रह गरिएको छ । थप फोटो फिचरमा हेर्नुहोस्:
प्रतिक्रिया दिनुहोस्