मेलाको नाममा शिवपुरीमा भएको फोहोर कसले उठाउने ?

भक्तराज जोशी

कैलाली । साउन महिनाभर सोमबारको दिन लागेको ‘सोमबारे मेला’का कारण शिवपुरी धाम क्षेत्र फोहोरले भरिएको छ ।

सोमबारको दिन शिवपुरी धाममा श्रद्धालुको अत्याधिक भीड लाग्ने भएकाले शिवपुरी धाममा यसपालि ‘सोमबारे मेला’को आयोजना गरिएको थियो । हरेक सोमबार बालबालिका तथा युवा वर्गलाई लक्षित गरेर चलाइएको मेलामा मनोरञ्जनका विभिन्न खेल सामाग्री राखिएको थियो ।

Dengue

तर, त्यही ‘सोमबारे मेला’का कारण अहिले शिवपुरी धाम क्षेत्र कुरुप बनेको छ । मेलामा विभिन्न पसल राख्नेहरु र धाम दर्शन गर्न आउनेहरुले फोहोर उचित व्यवस्थापन नगर्दा र सम्बन्धित निकायले चासो नदिँदा शिवपुरी धाम क्षेत्र फोहोरले कुरुप बनेको स्थानीयहरुले बताएका छन् ।

धनगढीको प्रमुख शक्तिपीठ र धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको शिवपुरी धाम फोहोरले कुरुप हुनु र सम्बन्धित निकाय बेखबर बन्नु दुःखद् भएको स्थानीइको भनाई छ । उनीहरुले फोहोरको व्यवस्थापन मा ध्यान दिन पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै, स्थानीयले आगामी दिनमा मेला वा महोत्सव सञ्चालन गर्नुपूर्व फोहोरको व्यवस्थापनबारे कडा नियम बनाउनुपर्नेमा पनि जोड दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार