काठमाडौं : कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । साउन २३ गतेदेखि सुरु भएर २८ गतेदेखि रोकिएको कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो ।
बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । अधिकांश केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसकेकाले आज पूर्व र वर्तमान पदाधिकारीहरुले धारणा राख्ने नेपाली कांग्रेसले जनाएको छ ।
महामन्त्री गगन थापाले छलफलका लागि प्रस्तुत गरेका ११ एजेण्डाका अतिरिक्त परिमार्जनसहित पेश भएका महासमिति बैठकका प्रतिवेदन माथि पनि बैठकमा छलफल हुँदै आएको छ ।
उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रतिवेदन, महामन्त्री गगन थापाले राखेको सांगठनिक र अर्का महामन्त्री विश्व प्रकाश शर्माले राखेको समसामयिक प्रतिवेदन माथि छलफल केन्द्रित हुने एक नेताले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्