‘अबको १ वर्षमा सुदूरपश्चिमका हरेक जिल्लामा सिटिजन्स बैंकको सेवा पुग्छ’- सिइओ पोखरेल

भक्तराज जोशी

कैलाली । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले आगामी एक वर्षमा सुदूरपश्चिम प्रदेशका हरेक जिल्लामा सिटिजन्स बैंकको शाखा विस्तार हुने बताएका छन् ।

बिहीबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश कार्यालय र धनगढी शाखा आफ्नै भवनमा स्थानान्तरण कार्यक्रममा सहभागि हुन धनगढी आएका सिइओ पोखरेलले सुदूरपश्चिम प्रदेशका हरेक जिल्लामा शाखा विस्तार गर्ने लक्ष्य अनुसार आगामी १ वर्षमा सो लक्ष्य पूरा गर्ने बताएका छन् ।

Galaxy

सिइओ पोखरेलका अनुसार अहिले सुदूरपश्चिमको बाजुरा र डोटी बाहेकका सबै जिल्ला बैंकको शाखा विस्तार भइसकेको छ ।

सुदूरपश्चिममा धनगढीमा पहिलो शाखा विस्तार गर्दै १४ वर्षअघि सेवा सुरु गरेको सिटिजन्स बैंकले हाल सुदूरपश्चिम प्रदेशमा १० शाखा कार्यालय स्थापना गरी करिब ७० हजार नागरिकलाई बैंकिङ सेवासँग जोडेको सिइओ पोखरेलले बताएका छन्

‘पहिलो शाखाका रुपमा धनगढी शाखा खोलेको १४ वर्षमा अहिले सुदूरपश्चिममा १० शाखा कार्यालयमार्फत करिब ७० हजार नागरिकलाई सेवा दिइरहेका छौँ’, उनले भने, ‘अब डोटी र बाजुरामा शाखा विस्तार गर्न बाँकी छ, आगामी एक वर्षभित्र त्यहाँ पनि शाखा विस्तार गर्छौँं ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार