हुनेखानेलाई हुँदाखानेसंग जोड्दै कपडा बैंक…

दशरथ भट्ट

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका-४ शिवपुरीधाममा रहेको कपडा बैंक धेरैका लागि साहाराको केन्द्र बनेको छ । गरिब, विपन्न तथा निमुखा वर्गलाई सित्तैमा कपडा उपलब्ध गराउंदै आएको कपडा बैंकमार्फत सयौँ नागरिक लाभान्वित भएका छन् ।   

२०७६ साल साउन २० गते औपचारिक रुपमा संचालनमा आएको उक्त कपडा बैंक धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालसहित उनका ३ भाइको परिकल्पना र योजना हो ।

Dengue

आफुसंग भएका पुराना कपडा फाल्नुभन्दा कपडा बैंकमा दान गर्ने र सोहि कपडा विपन्न वर्गका नागरिकलाई सहयोग गर्ने योजनाअनुसार सुरु भएको कपडा बैंक अहिले नामले मात्र होइन कामले पनि प्रख्यात छ ।

हाल कपडा बैंकमा दैनिकजसो कपडा दान गर्नेहरु आउने कपडा बैंकमा कार्यरत धनगढी- २ का खगेन्द्र केसीले बताएका छन् । केसीका अनुसार कपडा बैंकमा कपडा दान गर्न आउनेहरुले न्यूनतम १० देखि अधिकतम ३ सय थानसम्म कपडा दान गर्ने गर्छन ।

‘अहिले कपडा बैंकमा दिनहुँजसो कपडा दान गर्नेहरु आउनुहुन्छ’, केसीले भने, ‘कपडा दान गर्न आउने एक व्यक्तिले एकपटकमा १० देखि ३०० थानसम्म पनि दान गर्नुभएको छ ।’

केसीका अनुसार यसरि कपडा बैंकमा जम्मा भएका कपडाहरु आवस्यकता अनुसार विपन्न वर्गका व्यक्तिहरुले लैजाने गर्छन । 

कपडा बैंक संचालनमा आएसँगै धनगढी उपमहानगरपालिका र आसपासका स्थानीय तहबाट पनि कपडा दिन/लिन आउने गरेको केसीले बताए । ‘कपडा बैंक संचालनमा आएपछि अहिले धेरै विपन्न परिवारले कपडा किन्नु नै परेको छैन’, केसीले भने, ‘कपडा किन्न नसक्नेहरु आउनुहुन्छ, आफुलाई चाहिएको कपडा छानेर लैजानु हुन्छ, हामीले पनि एकपटकमा एकजनालाई आवस्यकता अनुसार ३ / ४ जोर कपडा दिने गरेका छौँ ।’ 

त्यस्तै केसीले कपडा दान गर्न चाहनेहरुले धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकमा आएर कपडा दान गर्नसक्ने र आवस्यक परेकाले त्यहीँ आएर कपडा लैजान सक्ने बताएका छन् ।

केसीका अनुसार उक्त कपडा बैंक प्रत्यक दिन (शुक्रबार बाहेक) बिहान १० बजेदेखि ५ बजेसम्म खुल्छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार