‘केएमसीको गुणस्तर घटेको छैन, ढुक्क भएर विद्यार्थी भर्ना गर्दा हुन्छ’: यमराज जोशी  (अन्तर्वार्ता)

भक्तराज जोशी

कैलाली । कैलाली बहुमुखी क्याम्पस (केएमसी) का स्वतन्त्र विद्यार्थी युनियन (स्यवियु) सभापति यमराज जोशीले कैलाली बहुमुखी क्याम्पसको गुणस्तर नघटेको दाबी गरेका छन् । ‘कल २४ टक शो’ मा बोल्दै जोशीले बजारमा चलाइएको जस्तो क्याम्पसको गुणस्तर नघटेको दाबी गरेका हुन् ।

उनले  विगत ४५ वर्षअघि क्याम्पसको गरिमा जे/जस्तो अवस्थामा थियो अहिले पनि सो अवस्था कायमै रहेको बताएका छन् । बरु गुणस्तरका हिसाबले क्याम्पस धेरै अगाडि बढिसकेको पनि जोशीको भनाई छ ।

त्यस्तै विगतमा मुस्किलले २ वटा प्राविधिक विषय रहेको कैलाली बहुमुखी क्याम्पसमा अहिले ६-७ वटा प्राविधिक विषय रहेको र जनशक्ति पनि अपग्रेड हुँदै गएको बताउंदै कैलाली बहुमुखी क्याम्पसको साख झन् बलियो बन्दै गएको जोशीको भनाई छ । 

तर, शिक्षामा प्रतिष्पर्धाको भावना सृजना हुँदा केही निजि कलेज र केही स्वार्थ समुहले क्याम्पसका बारेमा भ्रम सृजना गरेको जोशीले आरोप लगाए ।

यधपि बाहिर चलेको हल्लाजस्तो क्याम्पसमा विद्यार्थी संख्या नघटेको र गुणस्तर नखस्किएको भन्दै उनले अभिभावकलाई ढुक्क भएर आफ्ना छोराछोरीलाई कलेजमा भर्ना गर्न पनि आग्रह गरेका छन । बाँकी कुराकानी: 

कैलाली बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति यमराज जोशीसंग गरीएको कुराकानी। CALL24 TALK SHOW

Posted by Call24 News on Monday, August 19, 2024

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार