आन्दोलनको कार्ययोजना बनाउन आजपाले बोलायो बैठक

काठमाडौँ : आम जनता पार्टी (आजपा) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । आउँदो भदौ ११ र १२ गते काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय कमिटीको बैठक बोलाइएको अध्यक्ष प्रभु साहले जानकारी दिए।

बैठकमा तेस्रो जनआन्दोलनको रणनीति तय हुने उनको भनाइ छ। दलाल दलतन्त्रको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको विकल्प नभएको भन्दै उनले बैठकमा त्यसबारेमा अगामी कार्ययोजना समेत पेस हुने जानकारी दिए।

Dengue

आजपा महासचिव त्रिभुवन साहले अब हुने तेस्रो जनआन्दोलनबाट आम जनताको शासन व्यवस्थामा सहभागिताको सुनिश्चित हुने दाबी गरे। बैठकले अब हुने आन्दोलन सशक्त र कडा बनाउने योजना सहित अगाडि बढ्ने बताए।

बैठकमा आजपाले विगतका दिनमा गरेको विभिन्न आन्दोलनको बारेमा समीक्षा पनि हुनेछ। आजपा महासचिव साहका अनुसार भन्सार, भ्रष्टाचार, वैदेशिक रोजगार, बैंकिङ ठगी तथा कवाड लगायतका आन्दोलनका बारेमा बैठकमा समीक्षा हुने एजेन्डा तय भएको छ। साथै यी आन्दोलनलाई अझै कसरी सशक्त बनाउने र अगामी दिनमा कसरी अगाडि बढाउने भन्ने बारेमा समेत छलफल र योजना बनाउने काम हुने उनको भनाइ छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार