प्रधानमन्त्री ओली र कांग्रेसका सभापति देउवाबीच शनिबार भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार भेटवार्ता भएको छ । 

भेटमा दुई नेताबीच विभिन्न राजनीतिक विषयमा विमर्श भएको छ । भेटका क्रममा प्रधानमन्त्रीले देउवालाई सरकारले गरिरहेका कामबारे जानकारी गराएका थिए । देउवाले प्रधानमन्त्रीलाई सरकारले गर्नुपर्ने कामको बारेमा पनि सुझाव दिएका थिए । 

Dengue

‘नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो, केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए, सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि कुरा भए’, भेट पछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार