बैतडी जिल्ला अस्पतालको स्तरोन्नति गर्न प्रदेश सरकारसँग माग 

दशरथ भट्ट

कैलाली । जिल्ला अस्पताल बैतडीको स्तरोन्नतिका लागि सुदूरपश्चिम प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ । अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष पार्वती भट्टले बैतडीबासीको तर्फबाट प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्कालाई ध्यानाकर्षणपत्र बुझाएकी हुन् । 

हाल ५० शैयाको अस्पताल सञ्चालनका लागि भवन निर्माण भइसकेको भएतापनि अस्पताल सञ्चालनका लागि स्वीकृति नपाएकोले स्वीकृति दिन पत्रमा माग गरिएको छ । 

Dengue

त्यस्तै, अस्पताल सञ्चालनका लागि आवश्यक विशेषज्ञ चिकित्सकको दरबन्दी स्वीकृत गर्न, डिजिटल एक्सरे मेसिन, फिजियोथेरापी स्टेप मेसिन र हड्डी भाँचिएका बिरामीको उपचारका लागि सीएम मेसिन उपलब्ध गराउन उक्त ध्यानाकर्षण पत्रमार्फत माग गरिएको छ ।

सरकारको आवश्यक समन्वय र सहकार्यमार्फत जिल्ला अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकेको खण्डमा बैतडी मात्रै नभएर आसपासका पहाडी जिल्लाका जिल्लावासीका लागि पनि सहज हुने अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष भट्टले बताइन् । उनले आफूहरुको मागप्रति सामाजिक विकास मन्त्री सकारात्मक रहेकोसमेत बताएकी छिन् ।

त्यसो त १५ शैयाको स्वीकृति पाएर सेवा प्रवाह गरिरहेको जिल्ला अस्पताल बैतडीले उत्कृष्ट सेवा प्रदान गरेर न्यूनतम सेवा मापदण्ड अन्तर्गत ३ पटक देशभरमै उत्कृष्ट अस्पताल बनिसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार