संसदीय सुनुवाइसहित चारवटा समितिका बैठक आज बस्दै !

काठमाडौं : संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिका बैठक आज बस्दैछन् । आज विकास, आर्थिक मामिला तथा सुशासन, संसदीय सुनुवाइ समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे संघीय संसद सचिवालयस्थित समितिकाे हलमा बस्नेछ । बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि अनिवार्य शर्त रहेका सुशासन र यसको प्रवद्र्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा छलफल हुनेछ ।

Dengue

यस्तै, संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक दिउँसो सवा १२ बजे संसद भवन नयाँबानेश्वरको शंकर हलमा बस्नेछ । बैठकमा सरकारले विभिन्न मुलुकका लागि सिफारिस गरेका १८ राजदूतको संसदीय सुनुवाइ प्रारम्भ गर्ने कार्यसूची रहेको छ ।

विधायन व्यवस्थापन समितिको बैठक सिंहदरबारस्थित समितिको बैठक कक्षमा दिउँसो १ बजे सुरु हुनेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यक्रम छ ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भूकम्प प्रभावित क्षेत्रको अनुगमन प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार