अपि–सैपाल बचत तथा ऋण सहकारी संस्थामा कार्यरत एक महिला करोडौं रुपैयाँ उठाएर फरार

धनगढी : कैलालीको अत्तरियामा करोडौं रुपैयाँ उठाएर अपि–सैपाल बचत तथा ऋण सहकारी संस्थामा कार्यरत एक महिला फरार भएकी छन्।

सो सहकारीमा एक करिब १२ वर्षदेखि बजार प्रतिनिधिको रुपमा कार्यरत बिना चौधरी (योगी) फरार भएकी हुन्। झण्डै तीन करोड रुपैयाँ उठाएर उनी फरार भएको भन्दै बचतकर्ताहरु आत्तिएका छन्। गोदावरी नगरपालिका–२ मा रहेको अपि–सैपाल बचत तथा ऋण सहकारी संस्थामा सुरुदेखि नै बजार प्रतिनिधिको रुपमा कार्यरत बिनाले एक दर्जनभन्दा बढी व्यक्ति तथा व्यापारीबाट पैसा उठाएर फरार भएकी हुन्।

Dengue

उनी करिब एक महिनादेखि सम्पर्कविहिन छन्। अत्तरियाका व्यापारी सुनिल पन्तबाट मात्र २८ लाख रुपैयाँ लगेको खुलेको छ। विभिन्न व्यक्ति तथा व्यापारिबाट गरेर करिब ३ करोड रुपैयाँ उठाएर उनी फरार भएको पन्तले बताए। ‘उनले गेटा क्षेत्रबाट मात्र डेढ करोडको हाराहारीमा पैसा उठाएकी छन्। ठेला व्यापारीदेखि ठूलो व्यापारिसम्म उनले पैसा उठाएकी छन्।

‘उ सहकारीकी बजार प्रतिनिधि थिइन, हामीले उसलाई पैसा दिने भयौं। यहाँ हाम्रो खातामा पैसा चढेको छ तर उता सहकारीमा त्यो पैसा जम्मा भएको छैन्।’ पन्तले भने ‘म सँग चेक नै छ, त्यो चेक मैले बाउन्स समेत गरेको छु।’ सहकारीलाई बैंकिङ कसुर नलाग्ने भएर आफुहरु समस्यामा परेको उनले बताए। घर बनाउन जम्मा गरेको २८ लाख रुपैयाँ लगेर बिना फरार भएपछि समस्यामा परेको पन्तले बताए।

अपि–सैपालमा बजार प्रतिनिधिको रुपमा कार्यरत बिनाले आफै कार्यरत रहेको सहकारीबाट समेत पैसा लगेर फरार भएकी छन्। यस विषयमा अपि–सैपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ललित रोकायाले सहकारीकै ५/७ लाख रुपैयाँ लगेर फरार भएको बताए।

‘अपि–सैपालकै ५/७ लाख रुपैयाँ लगेर सम्पर्कविहिन भएकी छन्। यो विषयमा प्रहरीलाई जानकारी गराइसकिएको छ। खोजीकार्य जारी नै छ। सहकारीको नाममा पैसा उठायो भन्ने गुनासो हामीसँग आएको छैन्। कसैले प्रमाणसहित आयो भने हामी रकम फिर्ता गर्न तयार छौँ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

20%

दु :खी

20%

अचम्मित

10%

उत्साहित

10%

आक्रोशित

सम्बन्धित समाचार