कैलालीमा चट्याङ लागेर १० जना घाइते

धनगढी : कैलालीमा चट्याङ लागेर १० जना घाइते भएका छन् । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका-१ उत्तरमुडामा चट्याङ लागेर १० जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार आइतबार बेलकी उत्तरमुडाका भीमबहादुर चौधरीको घरमा १३ दिने पुण्य तिथिमा स्थानीयहरु घर अगाडि अमट्टाको रूखमुनि टेन्ट हाली खाना पकाउने क्रममा उक्त रुखमा चट्याङ् पर्दा घाइते भएका हुन् ।

SHIKHAR COOL TECH

घाइते हुनेमा उत्तरमुडाकी ५० वर्षीया फिरिया देवी चौधरी, ३५ वर्षीया रिता देवी चौधरी, ३२ वर्षीया माया चौधरी, ४५ वर्षीया कमलापती चौधरी, ३२ वर्षीया किरन चौधरी, ३८ वर्षीया उर्मिला डगौरा, ४० वर्षीया पार्वती चौधरी, ५० वर्षीया फूलकुमारी चौधरी, ३५ वर्षीया निर्मला देवी थारु र घोडाघोडी नगरपालिका-३ ढुसर बस्ने ३० वर्षीया ममता थारु रहेका प्रहरीले बताएको छ ।

उनीहरुको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार