नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौँ : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिस डाँडामा तेस्रो दिनको बैठक सुरु भएको हो ।

शनिबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिमा पार्टी निर्माण र भावी रणनीतिबारे मौखिक प्रस्ताव राखेका थिए । साथै प्राप्त उपलब्धिको रक्षाका लागि बृहत् वामपन्थीबिच ध्रुवीकरण गरी सदन र सडक सङ्घर्ष गर्नुपर्ने बताएका थिए ।

Dengue

प्रचण्डको प्रस्तावमाथि नेताहरूले विचारको संश्लेषणसहित नेतृत्वको कार्यकाल तोकिनुपर्ने धारणा राखेका थिए । साथै पार्टी निर्माणका लागि जनतामा जानुपर्नेमा जोड दिएका थिए ।

शनिबार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, उपमहासचिवद्वय जनार्दन शर्मा, वर्षमान पुनले धारणा राखेका थिए । त्यस्तै सचिवहरू गणेश साह, सुरेन्द्र कार्की, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, स्थायी समिति सदस्यहरू कुलप्रसाद केसी, परशुराम तामाङ, गणेशमान पुन, अमृता थापाले पार्टीको कार्यदिशा र रणनीतिबारे धारणा राखेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार