खोलाले स्कुल बस बगाउँदा ११ जना विद्यार्थी घाइते

सुर्खेत : खोलाले स्कुल बस बगाउँदा ११ जना विद्यार्थी घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिकास्थित इत्राम खोलाले स्कुल बस बगाउँदा ११ जना विद्यार्थी घाइते भएका हुन् ।

देउती विद्या सदन (डिभी निकेतन)को विद्यार्थी बोकेको बस इत्राम खोलाले बगाउँदा ११ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

Dengue

घाइतेमध्ये पाँच बालिका र छ बालक छन् । विद्यार्थीको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ । बाँकीको देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार