सुदूरपश्चिम प्रदेश सभाको बैठक बुधबार बस्ने

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको पाँचौ बैठक भोलि बस्ने भएकाे छ । विहान ११ बजे प्रदेश सभाको बैठक बस्ने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । 

साउन पहिलो साता प्रदेश प्रमुख नजिर मियाँले सभाको विशेष अधिवेशन आह्वान गर्नुभएको थियो । विशेष अधिवेशनमा अहिलेसम्म प्रदेशको समसामयिक विषयमा छलफल हुन सकेको छैन । दीर्घबहादुर सोडारी नेतृत्वको प्रदेश सरकारले बजेट पारित गराउन नसकेपछि चालु आर्थिक वर्षको सुरुवातदेखि यो प्रदेश बजेट शून्यताको अवस्थाबाट गुज्रिरहेको छ । 

SHIKHAR COOL TECH

नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले हिजो पद्भार ग्रहण गर्दै बजेट शून्यताको अवस्थाको अन्त्यका लागि प्रदेश सरकारले छिट्टै छलफल अगाडि बढाउने बताउनु भएको थियो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार