अब देखि इसेवाबाट पैसा पठाउँदा शुल्क तिर्नुपर्ने

काठमाडौँ : डिजिटल वालेट इसेवाको सेवा प्रयोग गरेवापत शुल्क तिर्नुपर्ने भएको छ । कम्पनीले दिनमा तीन पटकभन्दा बढी रकम पठाउँदा शुल्क लाग्ने जनाएको हो ।

यसअघि इसेवाबाट अर्को इसेवा ग्राहकलाई रकम पठाउँदा कुनै शुल्क लाग्दैनथ्यो । तर, बैंकमा भने निश्चित रकम तिर्नुपर्ने व्यवस्था थियो ।

Dengue

‘नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटको पूर्ण पाठमा उल्लेखित व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यम वा क्यूआर कोडमार्फत गर्दा व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने कानूनी व्यवस्था बमोजिम व्यावसायिक कारोबार मार्फत गर्न प्रोत्साहनका लागि यही अगस्ट १ देखि व्यक्तिगत खाताबाट सेण्ड मनी गर्दा शुल्क लाग्ने व्यहोरा जानकारी गराउँछौँ ।,’ इसेवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै इसेवाले दिनमा तीनपटक गरी महिनामा ३० पटकसम्म नि:शुल्क कारोबार गर्न सकिने पनि जनाएको छ । साथै रुपैयाँ एक सयभन्दा कममा पनि कुनै शुल्क नलाग्ने इसेवाले जनाएको छ ।

ती बाहेकका कारोबारमा प्रति कारोबार रुपैयाँ १० सेवा शुल्क लाग्ने पनि कम्पनीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

सम्बन्धित समाचार