राइजिङ्ग स्टार स्कुलद्वारा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न 

कैलाली । कैलालीको धनगढीस्थित राइजिङ्ग स्टार इङ्ग्लिस बोर्डिङ स्कुलले बृहत सरसफाइ कार्यक्रम गरेको छ । 

धनगढी उपमहानगरपालिकाले अघि सारेको हाम्रो धनगढी हामी बनाउछौँ भन्ने नारालाई आत्मसाथ गर्दै धनगढी उपमहानगरपालिका ६, मटियारी मा रहेको उक्त स्कुलले सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो । 

Dengue

सरसफाइ कार्यक्रममा शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, पत्रकार एवम् स्थानीयले विद्यालयको ५ सय वर्ग मिटर क्षेत्र वरपर सरसफाइ गरेको थिए । साथै उक्त क्षेत्रमा कुहिने तथा नकुहिने फोहोर व्यवस्थापनका लागि डस्टबिनहरु पनि राखिएको विद्यालयले जनाएको छ । 

विद्यार्थीहरुलाई सानैदेखि वातावरण सरसफाइ र सरसफाइको महत्वबारे सिकाउने तथा धनगढीलाई सफा अनि सुन्दर नगरी बनाउने अभियानमा सहयोग गर्ने उद्धेश्यले सरसफाइ कार्यक्रम आयोजना गरेको विद्यालयका एमडी कलेन्द्र शाहीले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार