सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन नेपाली कांग्रेस र नेकपा एमालेको ह्वीप

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत नदिन नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप जारी गरेका छन् । शुक्रबार दिउँसो संसदीय दलको कार्यालयमा बसेको दुई दलको छुट्टाछुट्टै बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो ।

बैठकमा अनिवार्य उपस्थित हुन र विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए । कांग्रेस संसदीय दलका नेता कमल शाहले पनि विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएको जानकारी दिए ।

Dengue

यता, मुख्यमन्त्री सोडारीले भने प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन् । ५३ जना सदस्य रहेको प्रदेश सभामा सोडारीले विश्वासको मत पाउन २७ मत आवश्यक पर्छ । कांंग्रेसका १८ र एमालेका ११ सांसद छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार