आज विश्वासको मत लिँदै : सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज प्रदेश सभामा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दैछन् । विश्वासको मत लिने प्रयोजनका लागि आज अपराह्न ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रन्जिता श्रेष्ठ समूह ) र स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा वैशाख ५ गते सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए । असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि सोडारी अल्पमतमा परेका छन् । 

Dengue

सोडारीले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था भने छैन । ५३ सदस्यीय प्रदेशसभामा विश्वासको मत लिनका लागि २७ जनाको समर्थन चाहिन्छ । तर उनीसँग आफ्नो दल एकीकृत समाजवादीका ४ र माओवादी केन्द्रका १० गरी १४ जना मात्रै छन् । नयाँ गठबन्धनमा रहेका कांग्रेससँग १८ र एमाले सँग ११ गरी २९ जना प्रदेशसभा सदस्य रहेकाले सहजै सरकार बन्ने अवस्था छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार