धनगढी उपमहानगरपालिकाभित्र स्थायी रुपमा बसोबास गर्ने व्यक्तिले निःशुल्क रगत पाउने

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिकाभित्र स्थायी रुपमा बसोबास गर्ने व्यक्तिले निःशुल्क रगत पाउने भएका छन् । नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाबाट उपचारका क्रममा आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराइने भएको हो ।

उपमहानगरले मङ्गलबार रेडक्रस शाखा धनगढीसँग सम्झौता गरेको छ । जसअनुसार उपमहानगरभित्र स्थायी बसोबास भएका बिरामीले चिकित्सकको सिफारिसमा रेडक्रसबाट निःशुल्क रगत पाउनेछन् । सो रगतको रकम उपमहानगरले रेडक्रसलाई त्रैमासिक रुपमा भुक्तानी गर्नेछ ।

Dengue

चालु आर्थिक वर्षका लागि उपमहानगर र रेडक्रस शाखा धनगढीले निःशुल्क रगत पाउने सम्झौता गरेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार