०८४ मा माओवादीले एक्लै चुनाव लड्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने निष्कर्ष निकालेको छ। पार्टी कार्यालयमा पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले ०८४ को चुनाव एक्लै लड्ने निष्कर्ष निकालेको हो।

गठबन्धनमा रहँदा पार्टीको विचार र दृष्टिकोणमा असर पुगेको भन्दै माओवादीले एक्लै चुनाव लड्ने तयारी गर्नुपर्ने निचोडमा पुगेको हो। ‘गठबन्धन गर्दा गठबन्धनमा आबद्ध दलहरूको कुरालाई प्राथमिकता राख्नुपर्ने हुन्छ। जसले गर्दा पार्टीको विचार दृष्टिकोणमा ठूलो असर पुगेको छ। हाम्रा कुराहरू सोजै जनतासमक्ष पुग्न सकिरहेको छैन। त्यसकारण पनि आगामी निर्वाचन एक्लै लड्नेगरी तयारी गर्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौं,’ पार्टी प्रवक्ता अग्नि सापकोटाले भने।

Dengue

माओवादीले चुनाव एक्लै लड्ने उद्‍घोषण गरे पनि चर दल आबद्ध समाजवादी मोर्चालाई सशक्त बनाएर लैजाने निष्कर्ष पनि निकालेको छ। जनताले पनि कम्युनिस्टहरूको पुनर्गठ चाहेको भन्दै माओवादी सामाजवादी मोर्चामार्फत त्यो अभियानलाई सशक्त बनाउने निष्कर्ष निकालेको हो। ‘हामीले पहिले पनि एमालेसँग मिलर अघि बढ्ने समझदारी गरेका थियौं। त्यो टुट्यो पनि। जनाले कम्युनिस्ट पार्टीको पुनर्गठन नै चाहेका छन्। बृहत् वामपन्थी एकीकृत गर्ने त्यो अभियानलाई हामीले समाजवादी मोर्चामार्फत पूरा गर्छौं,’ प्रवक्ता सापकोटाले भने।

त्यस्तै माओवादीले प्रतिपक्षको भूमिका सशक्तरूपमा निर्वाह गर्ने निर्णय गरेको छ। संख्यात्मक हिसाबले कम भ पनि सदनलाई प्रभावकारी रूपमा अगाड बढाउने र जनताका समस्या र भ्रष्टाचारविरोधी अभियानका लागि सरकारलाई दबाब दिने निर्णय माओवादीले गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार