धनगढीमा अस्पताल भन्दै चर्च चलाउने लेट मेइन र नेपाल लाइफ वर्ड मिशनको लाइसेन्स खारेज

भक्तराज जोशी

काठमाडौ । कैलालीमा अस्पताल भन्दै चर्च चलाउने दुई कम्पनीको इजाजत (लाइसेन्स) खारेज भएको छ । धनगढी–७ मनेहरामा अस्पताल भन्दै चर्च सञ्चालन गर्ने लेट मेइन र नेपाल लाइफ वर्ड मिशनको लाइसेन्स खारेज भएको हो ।

स्थलगत अनुगमनका क्रममा व्यसाय दर्ता प्रमाणपत्रमा उल्लेख भए भन्दा फरक कार्य गरेको पाइएपछि दुवै कम्पनीको व्यवसाय इजाजत खारेज गरेको ७ नम्बर वडा कार्यालय जनााएको छ ।

Dengue

वडा कार्यालयका अनुसार लाइसेन्स खारेज भएको लाइफ वर्ड मिशनले २०८१ बैशाख १६ गते सेमिनार, तालिम आदि सञ्चालन गर्ने प्रयोजनका लागि वडामा व्यवसाय दर्ता गराएको थियो । त्यस्तै, लेट मेइन धनगढी प्रालीले साउन २२ गते सीपमुलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने प्रयोजन राखी व्यवसाय दर्ता गराएको थियो ।

स्थानीयका अनुसर लेट मेइन धनगढीले प्रभाकर भण्डारीबाट साढे ४ कठ्ठा जग्गा भाडामा लिएर छाला सम्बन्धी अस्पताल बनाउने भन्दै चर्च निर्माण गरेको थियो । पछि सोही जग्गामा नेपाल लाइफ वर्ड मिसनले धनगढी मण्डली चलाउन थालेको थियो । अस्पताल बनाउने भन्दै झुठो विवरण बुझाएर चर्च निर्माण गरिएको भन्दै स्थानीयले चर्को विरोध गरेपछि वडा कार्यालयले स्थलगत अध्ययन समिति नै गठन गरेर अध्ययन गरेको थियो ।

अध्ययनका क्रममा दुवै कम्पनीले व्यवसाय दर्ता प्रमाणपत्रमा उल्लेख गरिएभन्दा फरक ढंगले काम गरिरहेको निष्कर्ष निकालेपछि दुवै कम्पनीको लाइसेन्स खारेज गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार