बाजुरामा चटपटे र पानीपुरी खाएका १२ जना बिरामी 

धनगढी : बाजुरामा चटपटे र पानीपुरी खाएका १२ जना बिरामी भएका छन् । बडीमालिका नगरपालिका–९ गैरी बजारमा पानीपुरी र चटपटे खाएर बिरामी भएका १२ जना जिल्ला अस्पतालमा भर्ना भएका जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार आइतबार र सोमबार चटपटे पानीपुरी खाएर बिरामी भएका उनीहरु वाकवाकी लाग्ने, वान्ता हुने, ज्वरो आउने र पखाला चल्ने भएपछि अस्पताल भर्ना भएका हुन् ।

Dengue

पानीपुरी र चटपटे खाएपछि आफूलाई रातभरी वान्ता र पखाला चलेको अस्पतालको आकस्मिक कक्षमा उपचाररत सरिता थापाले बताइन् । शनिबार सोही पसलबाट छोरीले लिएर आएको चटपटे खाएपछि आमा छोरी नै बिरामी परेको आकस्मिक कक्षमै उपचाररत अर्की बिरामी देवकी गिरीले बताइन् ।

सोही नगरपालिकाको नापी कार्यालय नजिकै मीना खातुङको पसलबाट पानीपुरी र चटपटे खाएपछि बिरामी भएकोे बिरामीका आफन्तले बताएका छन् । जिल्ला प्रशासन कार्यालयले पसलबाट पानीपुरी र चटपटे बनाउन प्रयोग गरिने सबै सामानहरु बरामद गरी ल्याव परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी पठाएको छ ।

दर्ताबिना सानो ठाँउमा व्यवसाय गरिरहेको पाइएकोले पसल तत्काल बन्द गराइएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार