सुदुरश्चिम प्रदेश सभाको आज हुने भनिएको बैठक छलफल नगरी स्थगित

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठक स्थगित भएको छ । सोमबार २ बजे आह्वान गरिएको तेस्रो बैठकमा मुख्यमन्त्री र मन्त्रीसहभागि नभएपछि सभामुख भीमबहादुर भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

Galaxy

सभामुख भण्डारीले सभाको बैठकमा नियम पढेर सुनाउँदै अनिश्चितका लागि बैठक स्थगित भएको जानकारी गराए ।

‘अधिवेशनको बैठक सञ्चालन गर्न मन्त्रीको उपस्थिति अनिवार्य हुन्छ’ सभामुख भण्डारीले भने ‘मन्त्रीको उपस्थित नरहेकाले प्रदेश सभाको पूर्वनिर्धारित कार्यसूचि बमोजिमको कारबाही अगाडि बढाउन सकिदैन ।’

उनले तसर्थ पूर्वनिर्धारित कार्यसूचिमा उल्लेखित कार्यक्रमहरु बैठकको कार्यसूचिबाट हटाएको जानकारी गराए । आजको बैठकको कार्यसूचिमा शून्य समयमा असारमा भएको भिषण वर्षाले पुगाएको क्षतिका विषयमा छलफल हुने र राहत तथा उद्दारका लागि सरकारलाई निर्देशन दिन विशेष प्रस्तावलाई सभामुखले निर्णायार्थ पेश गर्ने रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार