अछामका महिलाहरूलाई छाउगोठ अभिश्राप बन्दै : छाउगोठ हटाउन मागसहित जनप्रतिनिधि काठमाडौँ

धनगढी : अछामका महिलाका लागि अभिशाप बन्दै आएको छाउगोठ (महिनावारी भएका महिला बस्ने घर) प्रथाको अन्त्य गर्न यहाँका स्थानीय जनप्रतिनिधि सङ्घीय राजधानी काठमाडौँमा भेला हुने भएका छन् । सरकारले छाउपडी प्रथा अन्त्य गरे पनि अधिकांश गाउँबस्तीमा अझै नहटेकाले त्यसविरुद्ध गाउँदेखि केन्द्रसम्म दबाब दिन जनप्रतिनिधि काठमाडौँमा सक्रिय भएका हुन् ।

जिल्लाको १० वटै स्थानीय तहलाई छाउपडी तथा छाउगोठमुक्त बनाउनका लागि सशक्त र प्रभावकारी अभियान सञ्चालन गर्न सङ्घीय सरकार तथा अन्य सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्य आवश्यक भएकाले राजधानी काठमाडौँ पुग्नु परेको जनप्रतिनिधिले जनाएका छन् । परम्पराकालदेखि जटिल बन्दै आएको सो प्रथाको अन्त्यका लागि आवश्यक पर्ने गतिविधि सञ्चालन गर्न बजेटको अभाव देखाउँदै जनप्रतिनिधिले सम्बद्ध मन्त्रालय तथा मन्त्री, प्रतिनिधि सभा सदस्यहरूसँग भेटघाट र छलफल गर्ने जनाएका छन् ।

Dengue

छाउपडी भएर गोठमा बस्दा बलात्कार, हत्या हिंसा र सर्पको टोकाइबाट मर्नुपर्ने बाध्यता रहेकाले त्यसको अन्त्यका लागि अगुवा नै सव्रिmय हुनुपर्नेमा आवाज उठिरहेका बेला जनप्रतिनिधिले सामूहिक रूपमा आवाज उठाएका हुन् । महिनावारीकै कारण महिला तथा किशोरीले अनाहकमा ज्यान गुमाउनुपर्ने बाध्यता त छँदै छ, देवीदेवता रिसाउने, धामीझाँक्रीले आक्रमण गर्ने, गाईभैँसी बाँझो हुने, अन्नपात सुक्ने, बाघ लाग्ने, विपत् आइलाग्ने जस्ता विकृतिविरुद्ध सो अभियान सफल हुने अपेक्षा गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार