सकेसम्म विदेश भ्रमणमा नजान मन्त्रीहरुलाई ओलीको निर्देशन

भक्तराज जोशी

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले सकेसम्म विदेश भ्रमणमा नजान मन्त्री, सचिव तथा उच्च पदस्थ कर्मचारीहरुलाई निर्देशन दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा ओलीले यस्तो निर्देशन दिएका हुन् ।

अहिले सरकारी काम चुस्त बनाउनुपर्ने भएकाले प्रधानमन्त्रीले मन्त्री, सचिव तथा उच्च पदस्थ कर्मचारीलाई सकेसम्म विदेश भ्रमणमा नजान निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Dengue

त्यस्तै, ओलीले सकेसम्म विदेश नजान र जानैपर्ने अवस्था भए भ्रमणको अवधि छोट्याउनसमेत मातहतका मन्त्री तथा कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

साथै प्रधानमन्त्रीले मन्त्री तथा सचिवस्तरीय भ्रमण टोलीमा महिलाको सहभागिता अनिवार्य गर्न पनि निर्देशन दिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार