दार्चुलामा दुई हजार पाँच सयभन्दा बढीलाई ट्राफिक कारबाही

दार्चुला : एक वर्षकाे अवधिमा दुई हजार पाँच सय बढी सवारी साधन ट्राफिक कारवाहीमा परेका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा ट्राफिक नियम उल्लघंन गर्ने दुई हजार ५ सय ३६ सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरिले जनएकाे छ ।

जिल्ला ट्राफिक प्रमुख प्रहरी सहायक निरीक्षक मदन बहादुर ऐरका अनुसार जिल्लामा सबैभन्दा बढी एक हजार ५ सय ८ जीप र कारलाई कारबाही गरिएको छ । तीन सय ६६ माेटरसाइकल, दुई सय ४२ टेक्टर, एक सय १७ ट्रक, २१ बस र दुई सय ८२ अन्य सवारीसाधन कारबाहीमा परेका छन् 

Dengue

ट्राफिक नियम उल्लघंन गर्ने ट्रकहरुलाई कारबाही गर्दा ६४ हजार ५ सय रुपैयाँ, बसबाट १२ हजार ५ सय, जीप÷कारबाट ८ लाख २२ हजार, टेक्टरबाट १ लाख ४७ हजार, मोटरसाइकलबाट २ लाख ३२ हजार ५ सय र अन्य सवारी साधन कारबाहीबाट १ लाख ४६ हजार ५ सय गरी जम्मा १४ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रमुख ऐरले जानकारी दिए ।

क्षमता भन्दा बढी सवारी तथा समान बोक्ने, बिना लाइसेन्स सवारी चलाउने, ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनलाई कारबाही गरिएको उनले बताए । ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक सचेतनामूलक कार्यक्रमहरू संचालन गर्दै नियममा कडाई गरेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार