बझाङ : बझाङमा रिचार्ज कार्ड चोरी गर्ने एक युवक पक्राउ परेका छन् । छबिसपाथिभेरा गाउँपालिका-१ बस्ने २५ वर्षीय हिक्मत गिरी पक्राउ परेका हुन् ।
गत असार २९ गते उक्त वडास्थित भाडेबजारमा पसल सञ्चालन गदै आएका दमन रावत, कुम्भराज उपाध्याय र दिनेश किको पसलबाट रिचार्ज कार्ड र नगद चोरी गरेको भन्दै अस्थायी प्रहरी पोष्टमा निवेदन परेको थियो । प्रहरीका अनुसार उनी बिहीबार सदरमुकाम चैनपुर बजारमा रिचार्ज कार्ड बेचिरहेको अवस्थामा फेला परेका थिए ।
गिरीलाई २० हजारको रिचार्ज कार्ड १३ हजार ८ सय ९५ नगदसहित नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी किशोर जोशीले बताए ।
प्रतिक्रिया दिनुहोस्