बाख्रा चराउन गएकी बैतडीकी ममता महाकाली नदिबाटै बेपत्ता , नदिले बगाएको आशंका

बैतडी  ः महाकाली किनारबाट एक बालिका बेपत्ता भएकी छन्। 

बेपत्ता हुनेमा बैतडीको पञ्चेश्वर गाउँपालिका २ डिम्बरकी १४ वर्षीया ममता मंगोला रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। बाख्रा चराउन भनि घरबाट नजिकै रहेको महाकाली नदी किनार गएकी ममता बेपत्ता भएकी हुन्। 

Dengue

ममता बिहीबारदेखि  बेपत्ता भएकी भए पनि घरपरिवारले प्रहरीलाई भने आज बिहान मात्रै खबर गरेको हो। बालिका महाकाली नदीमा बगेकी हुनसक्ने अनुमानका साथ  खोजी कार्य भइरहेको छ।

बेपत्ता ममताको खोजी कार्यका साथै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार