दार्चुला : दार्चुलाको एक नगरपालिकाका दुई जना कर्मचारी घुस सहित पक्राउ परेका छन । जिल्लाको शैल्यशिखर नगरपालिकाका दुई जना कृषि प्राविधिक ४ लाख १२ हजार नगद घुस सहित पक्राउ परेका हुन ।
कृषि अधिकृत मोहनसिंह धामी र अर्का कृषि प्राविधिक अशोकसिंह धामीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको बताईएको छ ।
उनीहरूको साथबाट ४५ लाख ६० हजारका पाँच थान चेक र अशोकको नाममा काटिएको २ लाख ५० हजारका थप दुई थान चेकसमेत बरामद गरिएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्