धनगढीमा अटोमा रिफ्लेक्स स्टिकर लगाइयो !

धनगढी : कैलालीको धनगढीका अटोमा रिफ्लेक्स स्टिकर लगाइएको छ । सुदूरपश्चिम अटो यातायात प्रालिले ट्राफिक प्रहरी कार्यालय कैलाली सँगको सहकार्यमा अटोमा रिफ्लेक्स स्टिकर लगाएको हो ।

सोमबार धनगढी चौराहामा १५५ अटोको पछाडि भागमा रिफ्लेक्स स्टिकर लगाइएको सुदूरपश्चिम अटो यातायात प्रालिका अध्यक्ष सिताराम कठायतले बताए । सो अवसरमा अटोको अवस्था चेकजाँच गरी ‘सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक’ सन्देश पनि दिइएको थियो ।

Dengue

सुदूरपश्चिम अटो यातायात प्रालिले यसअघि धनगढी अत्तरिया ६ लेन सडकमा राख्नेको लागि असार १२ गते ट्राफिक प्रहरीलाई स्ट्यान्ड बोर्ड सहयोग गरेको थियो । प्रालिका अध्यक्ष कठायतले अटो व्यवसायलाई मर्यादित बनाउनको लागि आफूहरू लागिपरेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार