बैतडीको दशरथचन्द स्वास्थ्यचौकीमा सुत्केरीलाई थप प्रोत्साहन भत्ता

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका-५ स्थित दशरथचन्द स्वास्थ्यचौकीमा बच्चा जन्माउने आमालाई वडा कार्यालयले थप प्रोत्साहन भत्ता दिएको छ ।

चालु आर्थिक वर्षमा स्वास्थ्यचौकीमा आएर बच्चा जन्माएका ५ जना आमाहरुलाई २ हजार ६ सयका दरले थप प्रोत्साहन भत्ता उपलब्ध गराएको वडाध्यक्ष केशवराज लेखकले बताए । उनका अनुसार वडा कार्यालयले चालु आर्थिक वर्षको वडाको बजेटमै थप प्रोत्साहन भत्ता व्यवस्था गरेको थियो ।

Dengue

नेपाल सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने आमालाई यातायात बाफत २ हजार र चार पटक गर्भजाँच गरेबाफत ८ सय रुपैयाँ प्रोत्साहन भत्ता दिँदै आएको छ । सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत संघीय सरकारले उक्त रकम प्रदान गर्दै आएको छ ।

वडा कार्यालयले घरमा हुने सुत्केरी शून्य बनाउन र सबैको स्वास्थ्य संस्थामा पहुँच बढाउन दशरथचन्द स्वास्थ्यचौकीमा बच्चा जन्माउने आमालाई थप प्रोत्साहन भत्ता दिँदै आएको वडा सदस्य नन्दा भट्टले बताइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार