फोलिकेयर औषधी बिक्रीमा रोक

काठमाडौँ : औषधी व्यवस्था विभागले फोलिकेयर ट्याब्लेट नामक औषधीको बिक्रीमा रोक लगाएको छ । विभागले सूचना निकाल्दै काभ्रेस्थित क्युरेक्स फार्माको फोलिक एसिड ट्याब्लेट औषधीको ब्याच नम्बर टीईएस ०३२ बिक्री, सिफारिसमा रोक लगाएको हो ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, गण्डकी प्रदेश सरकारले गुणस्तर परीक्षणका लागि पठाइएको औषधीको नमुना राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पाइएकाले विभागले यस्तो निर्णय गरेको हो ।

Dengue

विभागले औषधी ऐन २०३५ को दफा १४ बमोजिम बिक्री रोक्का गरी उक्त ब्याच नम्बरका औषधी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विस्तृत विवरण विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरूलाई निर्देशन दिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार