दार्चुलाबाट ५ जुवाडे रंगेहात पक्राउ

दार्चुला : दार्चुलाबाट प्रहरीले ७ जुवाडेलाई रंगेहात पक्राउ गरेको छ । मंगलबार राती गोप्य सूचनाको आधारमा महाकाली नगरपालिका –४ जिपपार्क स्थित बिरेन्द्र वन गेष्ट हाउसमा प्रहरीले छापा हान्दा ७ जुवाडे रंगेहात पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा कञ्चनपुरको बेतकोट नगरपालिका – ९ का ४० वर्षीय खडक बहादुर मल्ल, डडेल्धुराको पर्शुराम नगरपालिका – ९ का ३८ वर्षीयअंगद बोहरा, बैतडीको सुर्नया गाउँपालिका – १ का ३८ वर्षीय दिपक चन्द, दार्चुलाको महाकाली नगरपालिका –४ का ३५ वर्षीय पुरन राम खत्री र सोही ठाउँका ३५ वर्षीय प्रेम दत्त जोशी रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Dengue

उनीहरुको साथबाट प्रहरीले १ लाख २२ हजार ४७० रुपैयाँ र २ गड्डी तास बरामद गरिएको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार