के साँच्चै उल्टिन्छ मधुमेह ?

काठमाडौँ : एक पटक कसैलाई मधुमेह लाग्यो भने यो रोग स्थायी भएर बस्छ भनिन्छ । मधुमेह जीवनशैली सँग सम्बन्धित रोग भएकोले यो भइसकेपछि हरेक दिन खानपिनमा सावधानी अपनाउनु पर्छ । पछिल्लो समय मधुमेह पनि उल्टिन्छ भनेर सुन्नमा आएको छ । त्यसो भए के साँच्चै मधुमेह उल्टिन्छ त ?  

मधुमेहलाई नियन्त्रण गर्न सकिन्छ । कतिपयमा मधुमेहका बिरामीमा औषधि सेवनको आवश्यकता कम गर्न सकिने भए पनि यस रोगबाट पूर्णरुपमा मुक्ति पाउन नसकिने स्वास्थ्य विज्ञहरू बताउँछन् ।

dashain shuvakamana
Discovery School

मोटोपनका सिकार भएका टाइप २ मधुमेह भएका व्यक्तिमा तौल घटाएर अनि स्वस्थ जीवनशैलीका माध्यमबाट औषधिको आवश्यकतालाई सीमित बनाएर सुगर लेभल नियन्त्रण गर्न सकिन्छ । तर मुख बारिएन भने केही समयपछि यिनीहरूमा फेरि रगतमा चिनीको मात्रा बढ्न सक्छ ।

के हो डाइबेटिज रिमिशन ?

उपचार गरेर निको भइसकेको क्यान्सर पनि दोहोरिन सक्छ । त्यसैगरी कुनै कुनै व्यक्तिमा देखिएको मधुमेहलाई नियन्त्रण गर्न सकिन्छ । तर यसलाई पूरै निर्मूल पार्न वा हटाउन भने सकिदैंन । केही समयपछि चिनीको मात्रा फेरि बढ्न सक्छ । तौल घटाउने र स्वस्थ जीवनशैली अपनाएर टाइप २ मधुमेहलाई नियन्त्रण गर्न सकिन्छ । तर केही समयअघि मात्रै देखिएको टाइप २ मधुमेहलाई मात्रै नियन्त्रण गर्न सकिन्छ । यसको अर्थ मधुमेहबाट पूर्णतया मुक्ति मिल्छ भन्ने चाँहि हुँदैन ।  

क–कसमा यो सम्भव छैन ?

सबै खाले मधुमेहका बिरामीमा यो सम्भव छैन । टाइप २ मधुमेहका बिरामीहरूमा मात्र यो सम्भव छ । लामो समयदेखि मधुमेह भएका वा पातला मानिसहरूमा मधुमेहबाट मुक्तिको सम्भावना छैन । पातलो मानिसहरू कम इन्सुलिन प्रतिरोधी हुन्छन् । यिनीहरूको शरीरले कम इन्सुलिन उत्पादन गर्छ । इन्सुलिनको मात्रा कम भएका बिरामीहरूमा मधुमेह उल्टिने सम्भावना सम्भावना कम हुन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार