बाढीले विस्थापित भजनीका ४२ परिवारको वास हुलाकी सडकमा

कैलाली : कान्द्रा नदीको बाढी पस्दा कैलालीको भजनी नगरपालिका– ५, नयाँ बस्तीका ४२ परिवारको वास हुलाकी सडकमा भएको छ । यहाँका एक सय ९० घरमा बाढी पसेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । विस्थापित ४२ परिवार भने हुलाकी राजमार्गमा बसिरहेका वडाध्यक्ष केशवबहादुर बुढाले बताए । 

ठेकीपुलमा भंगालो फुटेर कान्द्रा नदीको बाढी गाउँ पसेको हो । पुलिया पुलमा चेकड्याम भत्केर बाढी पस्दा कुटी, नौबस्ता र लखरैया गाउँ पनि डुबानमा परेका छन् । कैलालीमा भजनी नगरपालिका बाढीबाट सबैभन्दा बढी प्रभावित हुने क्षेत्र हो । भजनीका मेयर केवल चौधरीले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र सामानहरू सुरक्षित ठाउँमा राख्न आग्रह गरिएको बताए । ‘मौसम विभागले अझै पानी पर्ने भनेको छ, त्यसैले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छौँ,’ उनले भने, ‘केही बस्तीमा घरभित्र सामान्य पानी पसे पनि धेरै ठाउँमा डुबान भइसकेको छैन ।’ अविरल वर्षाका कारण मोहना, खुटिया, कान्द्रा, कनरी र कर्णाली नदीमा पानीको बहाव बढेको छ । 

SHIKHAR COOL TECH

चिसापानी क्षेत्रमा कर्णाली नदीको जलसतह १०.८ मिटर पुगेको छ । यहाँ जलसतह १० मिटर पुगेमा सतर्कता तह पार गरेको मानिन्छ र तटीय क्षेत्रमा बाढीको जोखिम रहन्छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार सतर्कता तह पार गरेपछि कैलाली र बर्दियाका नागरिकका मोबाइलमा सतर्कता अपनाउन एसएमएस पठाइएको छ । यस क्षेत्रमा सोमबारसम्म बाढीको जोखिम छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार