पाँच दिनदेखि मार्तडी-कोल्टी सडक अवरुद्ध,वर्षाका कारण सडक खुलाउन सकस

बाजुरा : जिल्लाको पुर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक पाँच दिनदेखि अवरुद्ध भएको छ । लगातार वर्षा भएका कारण सडक खुलाउन सकस भएको छ । 
लगातारको अविरल वर्षाका कारण बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो बग्न थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देव चौधरीले बताए ।  
उनका अनुसार जिल्लीमा वर्षाका कारण पहिरो बग्न थालेपछि मार्तडी-कोल्टी चल्ने जीप तथा मालबहाक  सवारी साधन ठप्प भएको बताए । 
कोल्टी क्षेत्रमा संचालन हुदै आएका सवारी साधन बन्द भएपछि आवजत जावतमा समस्या भएको छ । पहिरो बग्न थालेपछि उक्त क्षेत्रमा मानिसले समेत आवतजावत गर्न सकस भइरहेको प्रहरीले जनाएको छ । 
जिल्लीमा पहिरो बग्न थालेपछि  आवतजावतमा समस्या भएको छ । सडक माथिबाट आएको पहिरो पन्छ्याउन नगरपालिकासंग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन् । 
उनका अनुसार पहिरो बग्न नरोकिएकाले तत्काल सडक सुचारु गर्न समस्या भएको बताए । वर्षा रोकिएपछि सडकमा आएको पहिरो पन्छ्याएर नियमित रुपमा सवारी साधन संचालन गर्ने गरी काम गर्ने बताए ।
सुदूरपश्चिमको गौरवको सडकमा रुपमा रहेको मार्तडी–कोल्टी सडक वर्षायाम सुरु भएपछि अवरुद्ध हुदै आएको छ । 
पहिरोले सडक अवरुद्ध हुँदा  माथिल्लो क्षेत्रका नागरिकले सास्ती भोग्दै आएका छन् । हिउदको समयमा सवारी साधन चल्ने भएपनि वर्षायाममा ठाउँ ठाउँमा सवारी साधन फेर्दै जिल्ला सदरमुकाम आउनुपर्ने बाध्यता रहेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार