बाजुरा : जिल्लाको पुर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक पाँच दिनदेखि अवरुद्ध भएको छ । लगातार वर्षा भएका कारण सडक खुलाउन सकस भएको छ ।
लगातारको अविरल वर्षाका कारण बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो बग्न थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देव चौधरीले बताए ।
उनका अनुसार जिल्लीमा वर्षाका कारण पहिरो बग्न थालेपछि मार्तडी-कोल्टी चल्ने जीप तथा मालबहाक सवारी साधन ठप्प भएको बताए ।
कोल्टी क्षेत्रमा संचालन हुदै आएका सवारी साधन बन्द भएपछि आवजत जावतमा समस्या भएको छ । पहिरो बग्न थालेपछि उक्त क्षेत्रमा मानिसले समेत आवतजावत गर्न सकस भइरहेको प्रहरीले जनाएको छ ।
जिल्लीमा पहिरो बग्न थालेपछि आवतजावतमा समस्या भएको छ । सडक माथिबाट आएको पहिरो पन्छ्याउन नगरपालिकासंग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन् ।
उनका अनुसार पहिरो बग्न नरोकिएकाले तत्काल सडक सुचारु गर्न समस्या भएको बताए । वर्षा रोकिएपछि सडकमा आएको पहिरो पन्छ्याएर नियमित रुपमा सवारी साधन संचालन गर्ने गरी काम गर्ने बताए ।
सुदूरपश्चिमको गौरवको सडकमा रुपमा रहेको मार्तडी–कोल्टी सडक वर्षायाम सुरु भएपछि अवरुद्ध हुदै आएको छ ।
पहिरोले सडक अवरुद्ध हुँदा माथिल्लो क्षेत्रका नागरिकले सास्ती भोग्दै आएका छन् । हिउदको समयमा सवारी साधन चल्ने भएपनि वर्षायाममा ठाउँ ठाउँमा सवारी साधन फेर्दै जिल्ला सदरमुकाम आउनुपर्ने बाध्यता रहेको छ ।




प्रतिक्रिया दिनुहोस्